राष्ट्रिय पावर लिफ्टिङमा जलपाईगढीकी शुभार्थी महतोले जितिन् स्वर्ण पदक

जलपाईगढी : राष्ट्रिय स्तर पावर लिफ्टिङमा जलपाईगढीकी कलेज छात्रा शुभार्थी महतोले स्वर्ण पदक जितेकी छन्। शुभार्थी जलपाईगढीको म्युनिसिपल मार्केट निवासी हुन् भने तिनका बाबु शङ्कर महतोले घरमै ट्युसन पढाउने गर्छन्। शुभार्थी महतो आनन्द चन्द्र कलेजको तेस्रो वर्षकी छात्रा हुन्। तिनले छत्तीसगढ़मा आयोजित राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा बंगालको प्रतिनिधित्व गरेकी थिइन्। उक्त प्रतियोगितामा देशका लगभग सबै राज्यका प्रतियोगीहरूले अंश ग्रहण गरेको थियो। कोच बसुदेव दासलाई शुभार्थीको सफलतामाथि गर्व छ। यसको साथै शुभार्थीको परिवारका सदस्यहरू, साथीहरू लगायत छिमेकी पनि तिनको सफलतामा निक्कै खुशी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *