राष्ट्रिय राजमार्ग 10 दोस्रो दिन पनि लगातार बन्द, खोल्न अझ तीन-चारदिन समय लाग्न सक्ने

रम्बी: गत बुधबारदेखि बन्द भएको राष्ट्रिय राजमार्ग 10 आज पनि नखोलिए पछि बन्द अवस्थामा रहेको छ। पीडब्लुडी विभागको पहलमा आजदेखि दुईवटा मेसिन लगाएर भित्ता काटेर सडक निकाल्ने काम युद्धस्तरमा जारी रहेको छ। लगातार रूपमा मुसुलधारे पानी परेको कारण राष्ट्रिय राजमार्ग 10 अन्तर्गत लोहापुल नजिक बिरिक डाँडा छेउ भुईचले (11.30 माईल)-मा टिस्टा नदीले सडक नै तानेल लगेपछि गत बुधबार रातदेखि नै राजमार्ग 10 बन्द रहेको छ। राजमार्ग नै चुडिएको कारण दुईचक्के वाहन सडकमा गुड्न सक्ने स्थिति समेत रहेको छैन।


यसैले सिलगढीदेखि सिक्किम अनि कालेबुङ आवत-जावत गर्ने गाडीहरु बाघपुलदेखि बाख्राकोट हुँदै लाभाबाट कुदिरहेको छ भने अर्को वैकल्पिक मार्ग सिलगढीदेखि खरसाङ, घुमजोरबङ्लो, लप्चु-पेसोक हुँदै टिस्टा बजार भएर दोब्बर गाडीभाडा तिरेर यात्रीहरु सिलगढीदेखि सिक्किम आवत-जावत गर्न बाध्य बनेका छन्। पीडब्लुडी विभागका अधिकारीहरूको भनाई अनुसार उक्त बन्द रहेको राष्ट्रीय राजमार्ग 10 खोल्न कम्तीमा पनि अझ तीन- चारदिन समय लाग्न सक्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *