राष्ट्रिय राजमार्ग 10 खोलिन अझ 2- 3 दिनको समय लाग्न सक्ने: पीडब्ल्युडी अधिकारी

रम्बी: सिक्किमको एक मात्र जीवन रेखा मनिने राष्ट्रिय राजमार्ग 10-को लोहापुलको बिरिक डाँडा छेउ भुईचलेमा पैह्रो गएर सडक विच्छिन्न भएपछि गत बुधबारदेखि सडक बन्द अवस्थामा रहेको छ। पैह्रोले सम्पूर्ण सडकलाई नै भत्काएर टिस्टा नदीले बगाएर लगेकोले गर्दा हाल भित्ता खनेर सडक मार्ग बनाउने कार्य दिन-रात युद्ध स्तरमा चलिरहेको छ। तथापि उक्त सडक मार्ग खोलिन अझ दुई-तीन दिन समय लाग्न सक्ने सम्भावना रहेको बताइएको छ। सडक खन्न कार्य क्षेत्रमा अधिक मात्रामा ढुङ्गा भेटिएको कारण नै समय लागेको हो भनि पीडब्लुडी अधिकारीले बताएको छ।


रातभरि नै चारवटा जेसीबी मेशिन लगाएर सडक बनाउने कार्य भइरहे तापनि राजमार्ग 10 मा वाहनहरूको चलाचल शुरू हुनको लागि अझ कम्तीमा दुई दिनको समय लाग्न सक्ने सम्भावना रहेको छ। गत 5 दिन अघिदेखि राजमार्ग 10 बन्द भएको कारण ठुला मालवाहक वाहनका चालकहरु सडकमा नै स्टोभ बालेर खाना पकाएर खान बाध्य छन्। यसै गरी, सानो दुई चक्के स्कुटर तथा मोटरबाइक अनि चार चक्के साना वाहनहरु मात्र बिरिकदेखि सिटोङ लाटपन्चर हुँदै कालीझोडा भएर अवात-जवात गरिरहेको छ। तथापि मालवाहक गाडीहरु भने यस सडक सानो भएको कारण गुड्न सक्ने छैनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *