राष्ट्रिय राजमार्ग 10-मा गोजमुमोको व्यापक पोस्टरिङ

रम्बी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा केन्द्रीय समितिको निर्देश अनुसार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्बी बजारदेखि रम्फु बजारसम्म व्यापक पोस्टरिङ लगायत पार्टीको झण्डा लगाइएको छ। उक्त पोस्टरिङ गरिने कार्यक्रममा राष्ट्रिय राजमार्ग -10 का प्रतिनिधिगण तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो।  यसै अवधि रम्बी बजार, गोजमुमो शाखाका सभापति मनभरण सिंह अनि सचिव भीम प्रधानले, हालै राष्ट्रीय राजमार्गका 10 का संयोजक चयन भएका पिरे राई एवम् सञ्चालन समितिका पदाधिकारीहरूलाई खदा अनि फुलका गुच्छाहरू दिएर स्वागत जनाउनको साथै बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *