राष्ट्रिय राजमार्ग 10-मा पैह्रो गएकोले वाहनहरूको चलाचल ठप्प, पैह्रो सोर्ने कार्य युद्धस्तरमा

सिलगढी : अत्याधिक वर्षाले गर्दा राष्ट्रिय राजमार्ग 10-को विभिन्न ठाउँहरूमा पैह्रो गएकोले सिलगढीदेखि सिक्किम, कालेबुङ लगायत अन्य ठाउँहरूमा जाने सडकमा वाहनहरूको चलाचल आज बिहानैदेखि पूर्ण रूपमा ठप्प बन्न पुगेको छ। सेभोकको कालीझोडा नजिक पैह्रो गएकोले गर्दा राष्ट्रिय राजमार्ग 10 बन्द भएपछि आज बिहानैदेखि वाहनहरूको चलाचल पूर्ण रूपमा बन्द रहेको छ भने राजमार्गमा वाहनहरूको लामो लाइन लागेको देखियो।


पैह्रो गएको खबर सुनेर राष्ट्रिय राजमार्ग कर्तृपक्षका अधिकारी तथा इञ्जिनियरहरू घटनास्थलमा पुगेर पैह्रो हटाउने कार्य युद्धस्तरमा जारी रहेको छ भने सम्भवतः केही घण्टापछि सडक खोलिने बताइएको छ। सडक बन्द भएपछि राष्ट्रिय राजमार्ग 10-मा घण्टौँसम्म जाममा फँसेर बसेका पर्यटक तथा दैनिक आवत-जावत गर्ने मानिसहरूले अन्ततः पैदल हिँडेर पैह्रो गएको इलाका पार गरिरहेका छन्। यसबाहेक गत राति परेको पानीले गर्दा रम्बी नजिक अनि कालीझोडा छेउमा पनि माथिबाट पैह्रो झरेर बाटो बन्द भए तापनि बिहानैदेखि पैह्रो सोर्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *