राष्ट्रिय राजमार्गबाट अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : एनजेपी थाना अन्तर्गत फुलबारीको जियागञ्ज राष्ट्रिय राजमार्गबाट अज्ञात व्यक्तिको मृतदेह उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहानै फुलबारीको जियागञ्ज संलग्न इलाकाको सिलगढी-जलपाईगढी 31 नम्बर राष्ट्रिय राजमार्गमा स्थानीय मानिसहरूले अज्ञात व्यक्ति शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। गत राति अँध्यारोमा कुनै वाहनले उक्त व्यक्तिलाई किच्चाएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। मृतक व्यक्तिको परिचय जुटाउने प्रयास गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *