राष्ट्रिय राजमार्ग चाँडै मरमति गर्ने मागमा तृणमूल-द्वारा फुलबारी सडक अवरोध

राजगञ्ज : राष्ट्रिय राजमार्ग चाँडै मरमति गर्ने माग लिएर तृणमूल फुलबारी 2 अञ्चल कमिटीले आज फुलबारी सडक अवरोध गरेर विरोध प्रदर्शनी गर्यो। तृणमूल फुलबारी अञ्चलका चेयरम्यान दिलीप रायले बताएअनुसार राष्ट्रिय राजमार्ग फोर लेन बनाउने कार्य चलिरहेको छ तर फुलबारीदेखि जटियाकाली एवम् अर्कोतिर महानन्दा ब्यारेजसम्म लगभग 6 किलोमिटरको सडक निर्माण कार्य 6 महिनादेखि बन्द रहेकोले वाहनहरू लगायत मानिसहरूलाई उक्त मार्ग भएर यातायात गर्न निक्कै असुविधा भइरहेको छ। उक्त सडक चाँडै मरमति नगरे वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्। उक्त सडक बेहाल अवस्थामा रहेकोले पुजाको समयमा मानिसहरूले निक्कै समस्याको सामना गर्न परेको तृणमूल अञ्चल सभापति रबीउल करिमको आरोप रहेको छ। यसैले आज चाँडै सडक मरमति गर्ने माग गर्दै तृणमूल कांग्रेस फुलबारी 2 अञ्चल कमिटीले 1 घण्टासम्म फुलबारी सडक अवरोध गरेपछि सडक अवरोध हटाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *