राष्ट्रिय राजमार्गमा लरी अनियन्त्रित भएर पल्टिँदा 2 जना घाइते

फाँसीदेवा : फाँसीदेवा ब्लक अन्तर्गत विधाननगरको डाङ्गापाड़ा इलाकामा राष्ट्रिय राजमार्गमा र मालवाहक एउटा लरी अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज एउटा मालवाहक लरी सिलगढीतर्फ गइरहेको समय डाङ्गापाड़ा इलाकामा लरी अनियन्त्रित भएर सड़कमा पल्टिँदा चालक र खलासी घाइते भएको बताइएको छ। उक्त घटनापछि घाइतेहरूलाई उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्र लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर विधाननगर पुलिस घटनास्थलमा पुगेर उक्त लरी सडकबाट हटायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *