राष्ट्रिय राजमार्गमा सडक दुर्घटना हुँदा 2 जना घाइते

राजगञ्ज : सिलगढी-जलपाईगढी 31 नम्बर राष्ट्रिय राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा 2 जना गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान सिलगढी-जलपाईगढी 31 नम्बर राष्ट्रिय राजमार्ग संलग्न जलपाईगढी रानीनगर चैउरापाडा इलाकामा रोकेर राखेको एउटा ट्रकलाई पछिल्तिरबाट वाहनले धक्का दिँदा घटनास्थलमा उक्त वाहनको चालक लगायत खलासी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर बीएसएफ-का जवानहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेसलिटी अस्पतालमा पठाएको छ यसपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *