राष्ट्रिय राजमार्गमा सड़क दुर्घटनामा चालक घाइते, स्थानीय मानिसहरूद्वारा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन

विधाननगर : फाँसीदेवा विधाननगरको 31 राष्ट्रिय राजमार्गमा सड़क दुर्घटनामा  एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। उक्त दुर्घटनापछि इलाकामा तनाउको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा अनारस बोकेको पिकअप भ्यानलाई 12 चक्के लरीले धक्का दिँदा पिकअप भ्यानका चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइते चालकलाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ। अर्कोतिर, घटनापछि स्थानीय मानिसहरूले राष्ट्रिय राजमार्गमा पथ अवरोध गर्नको साथै उक्त लरी तोड़फोड़ गरेको बताइएको छ। घटनाको खबर पाएर विधाननगर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रित गर्ने प्रयास गरे तापनि आक्रोशित मानिसहरूले पुलिसलाई घेराउ गरेर विरोध प्रदर्शन गरे। लरी चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes