राष्ट्रिय राजमार्गमा वाहनले किच्चाएर चितुवाको मृत्यु

सिलगढी : बाघडुग्रा अन्तर्गत पर्ने गङ्गाराम डिभिजनको मुनि चियाकमान इलाकामा वाहनले किच्चाएर एउटा चितुवा मरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढीबाट कोलकातागामी राष्ट्रिय राजमार्गमा उक्त मरेको चितुवा देखेपछि स्थानीय मानिसहरूले बाघडुग्रा वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त मरेको चितुवा उद्धार गरेर पोस्टमार्टमको लागि बेङ्गल सफारीमा पठाएको छ। आज बिहानै द्रुत गतिमा आएको वाहनले किच्चाएको उक्त चितुवा मरेको बताइएको छ। चियाकमानका इन्जार्चले बताएअनुसार घटनाको खबर पाएर आफू घटनास्थलमा पुगेपछि वन विभागलाई खबर दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *