राष्ट्रिय राजमार्ग नजिक व्यक्तिको शव उद्धार

फुलबारी : राष्ट्रिय राजमार्ग नजिक एकजना व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज सडकमा आवत-जावत गर्ने मानिसहरूले सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकामा एकजना व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *