राष्ट्रिय राजमार्ग नजिकबाट अज्ञात व्यक्तिको शव उद्धार

नक्सलबारी : नक्सलबारीमा राष्ट्रिय राजमार्ग नजिकबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले अटल संलग्न एसियन हाईवे 2 राष्ट्रिय राजमार्ग नजिक एकजना व्यक्तिको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *