राष्ट्रिय राजमार्गमा पिकअप भ्यान र टोटो ठोक्किँदा 2 जना घाइते

खोरीबारी : राष्ट्रिय राजमार्गमा पिकअप भ्यान र टोटो आपस्तमा ठोक्किँदा 2 जना घाइते भएका छन्। उक्त घटना खोरीबारीको पानीट्याङ्की संलग्न धाकरू मोड इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज दिउँसो एउटा टोटो यात्री सवार गरेर बतासीतर्फ गइरहेको थियो। त्यहीँ समय टोटोलाई ओभरटेक गर्ने क्रममा एउटा पिकअप भ्यानले सोझै टोटोलाई धक्का दिँदा टोटो क्षतिग्रस्त बनेको छ। घटनापछि स्थानीय मानिसहरूले घाइते टोटो चालक र एकजना महिलालाई उद्धार गरेर बतासी अस्पतालमा लगेको बताइएको छ। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *