राष्ट्रिय सड़क निर्माणको जमीन समस्याबारे मन्त्री देवले गरे बैठक

सिलगढी : राष्ट्रिय सडक निर्माणको लागि जमिन समस्याको समाधान गर्न राज्यका पर्यटनमन्त्री गौतम देवले पहल गरेका छन्। तिनले आज सिलगढीको उत्तरकन्यामा राष्ट्रिय सडक निर्माण विभागका प्रबन्धन, प्रशासनिक अधिकारी एवम् पुलिस अधिकारीहरूसित एउटा बैठक गरे। अलिपुरद्वार, धुपगुढी, मयनागुढी र राजगञ्जको राष्ट्रिय सडक निर्माणलाई लिएर भइरहेको जमीनको समस्याबारे तिनले आज अधिकारीहरूसित एउटा बैठक गरे। राज्यका पर्यटन मन्त्री गौतम देवले आज बैठकको माध्यमद्वारा लामो समयदेखि इस्लामपुरमा सड़क निर्माणलाई लिएर भइरहेको जमीनको समस्या समाधान भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *