राष्ट्रिय शिक्षानीति चाँडै रद्द गरिनुपर्ने मागमा अल इन्डिया सेभ एडुकेसन कमिटीद्वारा विरोध प्रदर्शनी

सिलगढी : राष्ट्रिय शिक्षानीति चाँडै रद्द गरिनुपर्ने मागमा अल इन्डिया सेभ एडुकेसन कमिटीद्वारा एउटा प्रतिवाद र्‍यालीको आयोजना गर्यो। सिलगढीको मुख्य डाक विभागअघि विभिन्न स्कुल, कलेजका शिक्षक-शिक्षिकाहरूले आज विरोध प्रदर्शनी गरे। सेभ एडुकेसन कमिटीले दिएको जानकारीअनुसार राष्ट्रिय शिक्षानीति रद्द गरिनुपर्ने मागमा आज देशभरि नै तिनीहरूले प्रतिवाद दिवस पालन गरिरहेको छ। कमिटीको आरोपअनुसार 2019-मा राष्ट्रिय शिक्षा नीतिको प्रस्ताव पारित भएपछि भारतभरिमै शिक्षक, बुद्धिजीविहरूले केन्द्र सरकारलाई आ-आफ्नो सुझाउ पठाए तापनि उक्त सुझाउलाई महत्व नदिएर भाजपाको छात्र संगठनको सुझाउलाई महत्व दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *