राष्ट्रिय शिशु कन्या दिवसमा उत्तर बंगाल आदर्श योगा अकादमीद्वारा जागरूकता र्‍याली 

सिलगढी : सिलगढीमा उत्तरबंग आदर्श योगा अकादमीको पहलमा आज राष्ट्रिय शिशु कन्या दिवस पालन गरियो। सिलगढीको चम्पासरी मोडमा आज स-साना नानीहरूलाई लिएर सचेतनतामूलक शोभायात्रा निकालेर इलाकाको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त शोभायात्राको माध्यमद्वारा सडकमा आवत-जावत गर्ने मानिसहरूलाई विभिन्न विषयमा सचेतन पनि गराइयो। र्‍यालीको माध्यमद्वारा मानिसहरूलाई भ्रूण हत्या सम्बन्धी विषयहरूमा जागरूक गराइयो। उत्तर बंगाल आदर्श योगा अकादमीका अध्यक्ष तथा सामाजिक कार्यकर्ता शिव हाजराले भने, राष्ट्रिय बाल दिवसको अवसरमा भ्रूण हत्या तथा महिलाहरूमाथि भइरहेको अत्याचारविरुद्ध मानिसहरूमा जागरूकता बढ़िरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *