रातभरि नदीमै फँसेपछि मर्‍यो 16 वटा गाई-गोरू

राजगञ्ज : राजगञ्जको खुदीभिटा इलाकामा रातभरि नदीमा फँसेको 16 वटा गाई-गोरू मरेको घटना प्रकाशमा आएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सम्भवतः उक्त गाई-गोरू डोरीले बाँधेर बङ्ग्लादेश तस्करी गर्नको लागि साहु नदीमा छोडिदिएको थियो भने साहु पुलको खम्बामा डोरी अड्किँदा उक्त गाई-गोरू त्यहीँ फँस्यो। यसरी रातभरि पानीमै फँसेपछि उक्त गाई-गोरू मरेको बताइएको छ। अर्कोतिर, स्थानीय पञ्चायत सदस्य हजरत मोहम्मदले बताएअनुसार हिजो साँझ उक्त गाई-गोरूलाई पुल मुनि देखेका थिए भने आज त्यहीँ ठाउँमा उक्त गाई-गोरू मरेको अवस्थामा उद्धार गरेको बताए। पुलिसको जाँचपछि नै घटनाको सटीक जानकारी प्राप्त हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *