रातभरि परेको पानीले सिलगढीको अशोकनगर इलाका जलमग्न

सिलगढी : हिजो बिहानदेखि लगातार परेको पानीले गर्दा सिलगढीको अशोक नगर जलमग्न बनेपछि स्थानीय मानिसहरूले आज सिलगढी नगरनिगमविरुद्ध क्षोभ प्रकट गरे। सिलगढीको अशोकनगर इलाका पानी पर्नसाथ जलमग्न हुने गर्दछ। गत रातभरि परेको पानीले गर्दा इलाकामा घुँडासम्म पानी जमेको छ भने यहाँको धेरैवटा घरहरूमा पानी पसेको छ। यसले गर्दा इलाकावासीहरूलाई धेरै समस्याको सामना गर्न परिरहेको छ। यसैले आज स्थानीय मानिसहरूले नगरनिगमविरुद्ध क्षोभ प्रकट गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *