रथखोला नवीन संघको खुट्टी पुजा सम्पन्न 

सिलगढी (निसं) : सिलगढीको रथखोला नवीन संघले आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। यस वर्ष उक्त संघको दुर्गा पुजाले 49औँ वर्षमा प्रवेश गर्नेछ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि संघको पुजा मण्डप विशेष आकर्षण रहनेछ। क्लबका सदस्यहरूले बताएअनुसार गत वर्ष तिनीहरूको मुख्य लक्ष्य थीम पुजाको माध्यमद्वारा साधारण मानिसहरूसमक्ष सामाजिक सन्देश पुर्‍याउनु थियो। यस वर्ष पनि आगन्तुकहरूको लागि विशेष पुजा पण्डाल बनाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *