रथखोला नवीन संघको तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी : रथखोला नवीन संघले 67औँ वर्ष पुरा गरेको अवसरमा क्लबका दिवङ्गत सदस्यहरूको स्मरणमा आज रक्तदान शिविरको आयोजना गरियो। एउटा गैर सरकारी ब्याङ्क तथा वेस्ट बेङ्गल भोलेन्टरी ब्लड डोनर्स फोरमको संयुक्त पहलमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। रथखोला नवीन संघका महासचिव उत्पल पोद्दारले बताएअनुसार सरकारी तथा गैर सरकारी अस्पतालहरूमा रगतको कमी देखापरेकोले गर्दा विशेष गरेर थेलेसिमिया रोगीहरूलाई रगतको जोगाड़ निक्कै कम्ती रहेकोले गर्दा नै उक्त शिविरको आयोजना गरिएको हो। आगामी दिनमा पनि रक्तदान शिविरको आयोजना गरिने तिनले बताए। यस अवसरमा रथखोला नवीन संघ क्लबका अध्यक्ष सुकुमार सरकार, महासचिव उत्पल पोद्दार, तारक सरकार लगायत क्लबका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *