रथखोला नवीन संघको खुट्टी पुजा सम्पन्न

सिलगढी: सिलगढी रथखोला नवीन संघको खुट्टी पुजाको साथमा आजदेखि दुर्गा पुजाको तयारी शुरू भएको छ। रथखोला नवीन संघको दुर्गा पुजाले यस वर्ष 58 वर्ष पुरा गर्नेछ। पुजा कमिटीका सचिव तारक सरकारले बताएअनुसार उक्त संघको तर्फबाट प्रत्येक वर्ष विविध सामाजिक कार्यक्रम गर्दै आइरहेको छ। यस वर्ष पनि संघको तर्फबाट असहाय मानिसहरूलाई निःशुल्क कोरोनाको खोप लगाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *