रथयात्राको दिन सिलगढीमा समाजसेवीद्वारा अनौठो पहल

सिलगढी :  हाल धेरै कम्ती मानिसहरूले रिक्साको सवार गर्ने गरेकोले गर्दा रिक्सा चालकहरू आर्थिक समस्यासित जुझिरहेका छन्। सवारीको अभावले गर्दा धेरैजसो रिक्सा चालकहरूले हाल रिक्सा चलाउन छाडिसकेका छन्। यसैलाई ध्यानमा राखेर समाजसेवीहरूले सिलगढीमा रिक्सा चालकहरूको लागि एउटा अनौठो पहल गरेको छ। आज रथयात्राको दिन समाजसेवीहरूले सिलगढीको चिल्ड्रन पार्कबाट रिक्सा चालकहरूलाई तिनीहरूको रिक्सामा बसाएर सिलगढी सहरको परिक्रमा गराए। यसको साथै समाजसेवीहरूले ती रिक्सा चालकहरूलाई केही खानेकुरो पनि प्रदान गरे। समाजसेवीहरूको उक्त पहललाई देखेर सहरवासी निक्कै खुसी भए। पुलिसकर्मी र सामाजिक कार्यकर्ता बापोन दासको पहलमा उक्त कार्य गरिएको हो। यस अवधि केही अन्य सामाजिक संगठनले पनि तिनीहरूलाई साथ दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *