रवीन्द्रनाथ घोषले ग्रहण गरे उत्तर बंगाल विकास परिषद्को चेयरम्यानको पदभार

सिलगढी : रवीन्द्रनाथ घोषले उत्तर बंगाल विकास परिषद्को चेयरम्यानको पदभार ग्रहण गरे। तिनी आज सिलगढी आएर आफ्नो पदभार सम्हालेपछि आगामी दिनमा उत्तर बंगालको विकासको लागि कार्य गर्ने बताए। स्मरण रहोस्, 2016-देखि रवीन्द्रनाथ घोष उत्तरबंग विकास कार्यालयको मन्त्री पदमा थिए भने 2021-को विधानसभा चुनाउमा आफ्नो विधानसभा क्षेत्र नाटाबारीबाट पराजित भएका थिए। यसपछि तिनलाई उत्तरबंग विकास परिषद्को चेयरम्यान बनाएको छ। यसबाहेक अन्यलाई बोर्डको विविध पदमा नियुक्त गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *