रवीन्द्र नाथ ठाकुरको 163औंँ जन्म जयन्ती कालेबुङमा विविध कार्यक्रमको साथमा पालन

कालेबुङ (निसं): कालेबुङ जिल्ला प्रशासन अनि जिल्ला सूचना एवम् संस्कृति विभागको आयोजनामा आज विश्वकवि रवीन्द्र नाथ ठाकुरको 163औं जन्म जयन्ती विविध कार्यक्रमको साथ जुब्ली हाइ स्कूलमा पालन गरियो। उक्त कार्यक्रममा जिल्लापाल आर. बिमला मुख्य अतिथिका रुपमा उपस्थित थिइन् भने कृषि विकास विभागका अतिरिक्त निर्देशक तमल घोष, जुब्ली हाइ स्कूलका प्रधान अध्यापक मुन्नु गौतम, जिल्ला सूचना तथा संस्कृति अधिकारी दीपक केरकेटा, मिलानी क्लबका पदाधिकारीगण तथा विभिन्न स्कुलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।


कार्यक्रमको शुरूमा प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूले रवीन्द्र नाथ ठाकुरको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरेपछि मिलनी क्लबका कलाकारहरुले उत्घाटन गीत प्रस्तुत गर्नका साथै रविन्द्र संगीतको प्रस्तुती गरियो। यसैगरी, विभिन्न स्कुलका विद्यार्थी कलाकारहरूले रोचक सांस्कृतिक प्रस्तुती दिए भने प्रमुख अतिथि जिल्लापाल आर बिमलाले विश्वकवि रवीन्द्र नाथ ठाकुरको जीवनी तथा तिनको व्यक्तित्व बारे जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *