रेड पान्डा एफसी सिक्किमले हत्यायो तकदाह गोल्डकप ट्रफी

तकदाह : दार्जिलिङ युनाइटेड क्लबलाई रोमाञ्चक खेलमा पराजित गरेर रेड पान्डा फुटबल क्लब सिक्किमले छैटौँ तकदाह गोल्डकप ट्रफी हत्यायो। तकदाहको खेल मैदानमा सम्पन्न भएको छैटौँ गोल्डकप 2020 नगद राशि प्रतियोगिता अन्तर्गत खेलिएको फाइनल म्याचमा सिक्किम रेड पान्डा फुटबल क्लबले दार्जिलिङ युनाइटेड क्लबलाई 2-1 गोलले पराजित गरेर आकर्षक ट्रफीसहित नगद राशि जित्यो। फाइनल खेलमा दर्शनीय गोल गरेर आफ्नो टोलीलाई विजय हासिल गराउने रेड पान्डाका खेलाडी कुञ्जामन थापालाई म्यान अफ् द म्याच ट्रफी प्रदान गरियो।


यसैगरी, रङ्गली युनाइटेड एफसीलाई प्रतियोगितामा फेयर प्ले अनि दार्जिलिङ युनाइटेडका खेलाडी वाङ्देन तामाङलाई म्यान अफ् द टुर्नामेन्ट र यसै दलका सोनाम भुटियालाई बेस्ट डिफेन्डरको रूपमा चयन गरेर ट्रफी प्रदान गरियो। फाइनल खेलमा उपस्थित अतिथिहरूको बाहुलीबाट विजयी तथा उपविजेता टोलीलाई ट्रफीसहित नगद राशि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *