रेड भोलेन्टियर्स संगठनलाई सेनिटाइजर मसिन प्रदान

सिलगढी : डा. सुबल दत्त तथा सृजनसेना संगठनको तर्फबाट रेड भोलेन्टियर्स संगठनलाई सेनिटाइजर मसिन प्रदान गरियो। वामफ्रन्टको रेड भोलेन्टियर्स संगठनले कोरोना परिस्थितिमा सहरका मानिसहरूलाई सहयोग पुर्‍याउँदै आइरहेको छ। यसैले डा. सुबल दत्त तथा सृजनसेना संगठनको तर्फबाट आज सिलगढी अनिल विश्वास भवन अघि रेड भोलेन्टियर्स संगठनलाई सेनिटाइजर मसिन प्रदान गरियो। यस अवसरमा वाम नेता अशोक भट्टाचार्य, जीवेश सरकार, पार्थ मित्र लगायत अन्य उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *