रेड भोलेन्टियर्सद्वारा 20 नम्बर वार्डका विभिन्न इलाकामा सेनिटाइज

सिलगढी: सिलगढी नगर निगमको 20 नम्बर वार्डको रेड भोलेन्टियर्सको तर्फबाट सिलगढी नगर निगम अन्तर्गत विभिन्न इलाकामा सेनिटाइज गरियो। प्राप्त जानकारी अनुसार, आज नगर निगमको 20 नम्बर वार्ड अन्तर्गत बाग्राकोट इलाकाको सबै सड़क, दुकान तथा वाहनहरूलाई सेनिटाइज गरियो। सिलगढीको विभिन्न वार्डहरूमा कोरोना मामिला धेरै संख्यामा बढिरहेकोले संगठनको तर्फबाट उक्त पहल गरेको बताइएको छ। संगठनका सदस्य सुजीत कुण्डूले बताए अनुसार कोरोना महामारीमा सम्पूर्ण पश्चिम बंगालमा रेड भोलेन्टियर्स संस्थाले काम गरिरहेको छ। यसैक्रममा आज सिलगढीको 20 नम्बर वार्डको विभिन्न सडक, दोकान तथा वाहनहरूमा सेनिटाइज गरियो। यसको साथै संगठनको तर्फबाट कोरोना पीड़ित परिवारहरूलाई सेवाहरू प्रदान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *