रेड भोलेन्टियरद्वारा कोरोना सङक्रमित परिवारहरुलाई सहयोग

नगरकट्टा: सीपीआईएमद्वारा गठित रेड भोलेन्टियरहरुले  कोरोना सङक्रमित परिवारहरुलाई सहयोग गर्दै खाद्य समाग्रीहरू वितरण गर्यो। नगरकट्टा सीपीआईएम रेड भोलेन्टियरका सदस्यहरुले आज खाद्य समाग्री प्रदान गरेपछि तिनीहरूको समाजिक कार्यप्रति स्थानीय मानिसहरुले सहराना गरेका छन्। स्मरण रहोस, कोरोना संक्रमित रोगीहरू अनि तिनीहरुको परिवार कन्टेनमेन्ट जोनमा पर्नको कारण धेरै दैनिकी श्रमिकहरूले असुविधाहरु झेल्नु परेको तथ्यहरु प्रकाशमा आएपछि नै नगरकट्टाका केही माकपा कार्याकर्ताहरु मिलेर रेड भोलेन्टियर गठन गरेको छ। कोरोना पिडि़तहरुको घर-घरमा गएर अहिले तिनीहरूले हरसम्भव सहयोग गरिरहेको छ । यस कार्यमा सीपीआइएम नेता कस्तुब भट्टाचार्य, संजीव बरुवा, राजा बोस, कुनाल सिंह, राजीव गुहा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *