रेड भोलेन्टियर संगठनद्वारा प्रशासक गौतम देवलाई ज्ञापन

सिलगढी :  8 सूत्रीय मागलाई लिएर 24 नम्बर वार्ड रेड भोलेन्टियर संगठनका सदस्यहरूले आज सिलगढी नगरनिगमका प्रशासक गौतम देवसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापन पत्रमा रेड भोलेन्टियर लगायत अन्य समाजसेवी संगठनका सदस्यहरूलाई चाँडै टीकाकरणको व्यवस्था गरिनुपर्ने, लकडाउनले गर्दा बेरोजगार भएका विशेष गरेर अटो र टोटो चालकहरूलाई राशन प्रदान गरिनुपर्ने आदि जस्ता माग उल्लेख गरेको बताइएको छ। संगठनका अभिजीत देवनाथको नेतृत्वमा प्रशासक गौतम देवसित भेट गरेर उक्त ज्ञापन पत्र चढाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *