रेलिङ च्याम्पियन ट्रफी फुटबल प्रतियोगिता: दार्जिलिङ पुलिस टोली अघिल्लो चरणमा

बिजनबारी: दार्जिलिङ पुलिस टोली बिजनबारीको रेलिङ च्याम्पियन ट्रफी फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ। आजको खेलमा दार्जिलिङ पुलिसले एपेक्स कालेबुङलाई तीन शुन्य गोलको अन्तरले पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ। शिक्षिका डुकमाया राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको आजको खेलिएको म्याचको उत्कृष्ट खेलाडीको रूपमा कालेबुङका गोल किप्पर प्रितम तामाङलाई चयन गरियो। विजेतालाई नगद दुई लाख तथा उप विजेतालाई एक लाख नगद राशि सहित ट्रफी रहेको उक्त फुटबल प्रतियोगिताको फाइनल खेल आगामी गणतन्त्र दिवस 26 जनवरीको दिन खेलाइने आय़ोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *