रेलिङ कैजलेको भ्रमण गर्न अघि बिमल गुरूङको विरोधमा जनताको नाममा पोस्टरिङ

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङले बिजनबारीको रेलिङ कैजले समष्टिको भ्रमण गर्नअघि यहाँको कतिपय स्थानहरूमा स्थानीय जनताको नाममा पोस्टरिङ देखापरेको छ। मुख्य रूपमा महेश गुरुङ सुनिल राई लगायत एघार जना शहीद बनाउने बिमल गुरुङ गोर्खाल्यान्ड खोइ’,  ‘कि गोर्खाल्यान्ड लिएर आउँछु कि मेरो लाश आउँछ भन्ने व्यक्तिले के लिएर आयौँ, सबै विस्थापित आए तर शङ्कर गुरुजी खोइ आदि लेखिएको पोस्टरिङ रेलिङ लगायत यहाँका अन्य स्थानहरूमा देखा परेको छ।  मोर्चाको संस्थापक अध्यक्ष बिमल गुरुङ केही दिनको निम्ति बिजनबारीको रेलिङ कैजले तथा रिम्बिक लोधोमा समष्टिको परिभ्रमणमा रहने थाहा लागेको छ भने यसैलाई केन्द्र गरेर यस्ता पोस्टरिङ गरिएको हुनसक्ने अनुमान लगाइएको छ। स्मरण रहोस्, २०१७ सालमा गोर्खाल्यान्डको नाममा गरिएको आन्दोलनमा रेलिङ कैजले समष्टिबाट सुनिल राई तथा महेश गुरुङ शहीद बनेका थिए भने समष्टिबाट बिमल गुरुङकै नजिकको मानिने तथा एकैसाथ विस्थापित बनेका शङ्कर भट्टराई उर्फ् गुरुजी हालसम्म घर फर्किआएका छैनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *