रेलिङ कैजले समष्टिमा तीनवटा बाटोको अनित थापाले गरे शिलान्यास

बिजनबारी: भिन्नाभिन्नै कार्यक्रमको साथमा रेलिङ कैजले समष्टिका तीनवटा बाटोको जीटीए चेयरम्यान अनित थापाको बाहुलीबाट आज शिलान्यास गरियो। रेलिङ बिहिबारेदेखि अप्पर रेलिङ गुम्बाटारसम्म लगभग 1.61 किलोमीटर जीटीए मार्फत्, गुम्बाटारदेखि लगुरदाङसम्म लगभग 4 किलोमीटर आरआइडीएफ योजनामार्फत् एवम् लामागाउँ डीबी गोलाईदेखि लामागाउँ बीचसम्म लगभग डेढ किलोमिटर जीटीएमार्फत बाटो निर्माण कार्यको शुरूआत गरियो। उक्त बाटोहरूको निर्माणले स्थानीयवासीहरूको वर्षौँदेखिको सपना साकार भएकोले यसको लागि तिनीहरूले आभार प्रकट गरेका छन्। कार्यक्रममा जीटीए अध्यक्षवाहेक उपाध्यक्ष सतिश पोख्रेल, प्रवक्ता केशवराज पोख्रेल लगायत स्थानीय पार्टी समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *