रेलिङ युनाइटेड क्लबद्वारा रेफरी रेश्मी छेत्रीको परिवारलाई श्रद्धाञ्जलि अर्पण

बिजनबारी: रेलिङ च्याम्पियन्स ट्रफीको प्रमुख निर्णायक रेश्मी छेत्रीको हजुरआमाको केही दिन अघि आकस्मिक निधन भएको कारण वहाँ प्रतियोगिताको शुरुवातको चरणमा नै सिक्किम फर्किएकी थिइन्। बिजनबारी रेलिङ युनाइटेड एसोसिएसनको एउटा प्रतिनिधि टोलीले तिनको निजी वासस्थान पाङथाङ, सिक्किम पुगेर श्रद्धाञ्जलि अर्पण गऱ्यो। उक्त प्रतिनिधि टोलीमा रेलिङ युनाइटेड एसोसिएसनका प्रमुख संरक्षकद्वय सतीश पोख्रेल, केशवराज पोख्रेललगायत कोषाध्यक्ष संजीव राई, सदस्यहरु देवेन राई, भीष्म शर्मा, चन्द्र भण्डारी, सरला देवान, अनुपा राई, आनन्द देवान, तुलाराम गुरुङ आदि सामेल थिए। सो टोलीले सिक्किम फुटबल एसोसिएसन अनि सिक्किम रेफ्री बोर्डका पदाधिकारीहरुसँग पनि सौहार्दपूर्ण भेट गर्यो। वर्तमान रेलिङ च्याम्पियन ट्रफीको आयोजनामा सिक्किम फुटबल एसोसिएसन अनि सिक्किम रेफ्री बोर्डले गरेको सहयोग साथै आउने दिनमा रेलिङ भेकमा फुटबल खेलको विकासमा सक्दो सहयोग गर्ने तिनीहरुको प्रतिबद्धताको निम्ति रेलिङ युनाइटेड एसोसिएसनको पक्षबाट तिनीहरूलाई कृतज्ञता प्रकट गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *