रेञ्जर सञ्जय दत्तलाई उत्तर बंगालदेखि बाहिर स्थानान्तरित गरिनुपर्ने मागमा राजवंशी समाजद्वारा आन्दोलन

जलपाईगढी : वन विभागको उत्तबंग स्पेशल टास्क फोर्सका प्रधान सञ्जय दत्तलाई उत्तरबंगदेखि बाहिर स्थानान्तरित गरिनुपर्ने मागलाई लिएर आज राजवंशी समाजले आवाज उठाएको छ। राजवंशी सम्प्रदायका मानिसहरू लगायत स्थानीय मानिसहरूले आज जलपाईगढीको कालियागञ्जस्थित स्वप्ना बर्मनको घरको इलाकामा पर्ने सिलगढी जलपाईगढी सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। स्मरण रहोस्, वन विभागको स्पेशल टास्क फोर्सका प्रधान तथा बेलाकोवाका रेञ्जर सञ्जय दत्तले स्वर्ण विजेता स्वप्न बर्मनको घरमा अनैतिक रूपमा अभियान चलाएकोमा प्रतिवाद जनाउँदै राजवंशी समाजले विरोध प्रदर्शन गरेको थियो। यसपछि मुख्यमन्त्री ममता ब्यानर्जीको हस्तक्षेपमा परिस्थिति सामान्य हुनको साथै रेञ्जर दत्तलाई स्थानान्तरित गरिएको थियो। तर फेरि तिनलाई उत्तरबंगमा फर्काइ ल्याएकोमा राजवंशी समाजले यसको प्रतिवाद जनाउँदै आज सडक अवरोध गरेर विरोध प्रदर्शन गर्नको साथै रेञ्जर दत्तलाई उत्तरबंगदेखि बाहिर स्थानान्तिरत गरिनुपर्ने माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *