रिपोर्ट नेगेटिभ आएपछि 3 जनालाई गरियो क्वारेन्टाइन मुक्त

सुकेपोखरी : सुकेपोखरी जोरपोखरी स्थित क्वारेन्टाइन सेन्टरबाट लाप्चे, माझिधुरा र सोनादा निवासी तीनजनाको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएपछि आज तिनीहरूलाई क्वारेन्टाइन मुक्त गरिएको छ। जीटीए हेल्प डेस्क प्रमुख बुद्ध तामाङको अगुवाईमा स्वास्थ्य विभागीय कर्मचारीको उपस्थितिमा तिनीहरूलाई प्रमाण पत्र प्रदान गरियो। क्वारेन्टाइनमा बसेको दस दिनमै रिपोर्ट नेगेटिभ आएकोले गर्दा चार दिन अगावै तिनीहरूलाई रिलिज गरिएको बुद्ध तामाङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *