आरजी कर मामिला: न्यायको मागमा 20 दिसम्बर सिलगढीमा सीबीआई कार्यालय अभियानको आह्वान

सिलगढी, 17 दिसम्बर (निसं): द नाइट इज अवर्स र सिटिजन्स फर जस्टिस सङ्गठनहरूले आरजी कर घटनामा अभयाको लागि न्यायको माग गर्दै आगामी 20 दिसम्बर सिलगढीमा सीबीआई कार्यालय अभियानको आह्वान गरेको छ। सङ्गठनका सदस्यहरूले आज सिलगढीको बाघाजतिन पार्कमा पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका छन्। सङ्गठनका तर्फबाट लुताका खातूनले भनिन्, राज्य सरकार र प्रशासनले आरजी कर घटनामा पर्दा हाल्ने प्रयास गरेका छन्। बलात्कार र हत्याका आरोपी एकपछि अर्को गर्दै सामुन्ने आएका छन्। आन्दोलनको कारण पुलिस उनीहरूलाई पक्राउ गर्न वाध्य बनेको थियो। हाल सन्दीप घोष र अभिजीत मण्डललाई जमानत दिएको छ, जसले हामीलाई निराश बनाएको छ। त्यसैले हामी फेरि आन्दोलनमा उत्रदैछौं। आगामी 20 दिसम्बर सिलगढीको बाघाजतिन पार्कबाट विरोध रैली निकालेर सीबीआई सिलगढी कार्यालय अभियान गर्ने निर्णय गरिएको छ। उनले सबैलाई उक्त विरोध रैली कार्यक्रममा सामेल भइदिने आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin