रिद्धिमान साहालाई भारतीय टेस्ट टीममा सामेल नगरेपछि सिलगढीमा विरोध प्रदर्शन

सिलगढी: श्रीलङ्का विरूद्ध खेलिने टेस्ट सीरीजको लागि भारतीय टोलीको चयन गर्नको साथै रोहित शर्मालाई अधिनायकको दायित्व सुम्पिएको छ। यसवाहेक, 4 जना सीनियर खेलाड़ीहरूलाई विश्राम दिएको छ, जसमा ईशान्त शर्मा, विकेटकीपर ऋद्धिमान साहा, चेतेश्वर पुजारा र अजिक्य रहाणे सामेल छन्। श्रीलङ्का विरूद्ध 2 वटा टेस्ट म्याच सीरीजको लागि भारतीय अनुभवी विकेटकीपर ऋद्धिमान साहालाई टीम इण्डिया टोलीमा सामेल नगरेपछि यसको विरोध जनाउँदै यता, सिलगढी गेट बजार युथ क्लबको तर्फबाट आज विरोध प्रदर्शन गरे। क्लबका सदस्यहरूले आज प्ला कार्ड साथमा लिएर क्लब परिसरमा विरोध जनाए। तिनीहरूले ऋद्धिमान साहालाई भारतीय टोलीमा सामेल गरिनु पर्ने माग गरे। यसबारे क्लबका सचिव संजीव माइतीले भने, ऋद्धिमान साहालाई टीम इण्डिया टोलीमा सामेल नगरेकोमा हामी विरोध गर्दछौ। तिनलाई तत्कालै टीममा सामेल गरिनु पर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *