रिद्धिमान साहालाई भारतीय टेस्ट टोलीमा सामेल नगरेकोमा सिलगढीमा क्रिकेट लभर वेलफेयर अर्गनाइजेशन-द्वारा विरोध प्रदर्शन

सिलगढी : रिद्धिमान साहालाई षड्यन्त्र गरेर भारतीय टेस्ट टीमबाट हटाइएको आरोप लगाउँदै सिलगढी क्रिकेट लभर वेलफेयर अर्गनाइजेशनले आज उक्त घटनाको निन्दा गरेको छ। यसको प्रतिवादमा आज अर्गनाइजेसनको तर्फबाट सिलगढीमा विरोध प्रदर्शन पनि गरियो। रिद्धिमान साहाका समर्थक तथा स्थानीय खेलाड़ीहरूले आज कञ्चनजङ्घा स्टेडियम परिसरमा विरोध प्रदर्शन गरे। क्रिकेट लभर वेलफेयर अर्गनाइजेशनका सदस्य मनोज वर्माले बताएअनुसार यसको प्रतिवादमा भोलि सिलगढीमा विरोध र्‍याली निकालिनेछ। रिद्धिमान साहा मात्र नभएर सबै खेलाड़ीहरूलाई सम्मानको साथमा विदाई दिइयोस् भन्दै कुनै पनि भारतीय क्रिकेटरको विदाई यस प्रकारले गरेको आफूहरूले स्वीकार नगर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *