रिक्सा चालकलाई कुटपीट गर्नको साथै दुष्कृतिहरूले खोसेर लग्यो रुपियाँ

सिलगढी : एनजेपी थाना अन्तर्गत नेताजी मोड इलाकामा एकजना रिक्सा चालकलाई कुटपीट गर्नको साथै तिनको रुपियाँ खोसेर लगेको स्थानीय केही दुष्कृतिहरूविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार कुचबिहार निवासी पिन्टु राय धेरै दिन अघिदेखि सिलगढीमा रिक्सा चलाएर आफ्नो परिवारको भरण-पोषण गरिरहेका थिए भने घर जानको लागि तिनले केही रुपियाँ जम्मा गरेर राखेका थिए। आज बिहान 9 बजी तिनी एनजेपीको नेताजी मोडबाट रिक्सा चलाएर आइरहेको समय केही दुष्कृतिहरूले तिनलाई रोकेर कुटपीट गर्नको साथै रुपियाँ खोसेर लगेको तिनको आरोप रहेको छ। घटनापछि तिनले एनजेपी थानामा ती दुष्कृतिहरूविरुद्ध अभियोग दर्ता गरे। रिक्सा चालक पिन्टु रायले बताएअनुसार दुख गरेर रिक्सा चलाएर 2 हजार 500 रुपियाँ जम्मा गरेका थिए तर आज बिहान केही दुष्कृतिहरूले तिनलाई कुटपीट गर्नको साथै उक्त रुपियाँ खोसेर लगेको तिनले बताए। उक्त आरोपीहरूलाई पक्रेर कठोर सजाय दिइनुपर्ने तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *