रिम्बिक-लोधोमाको बीच गाउँ प्रथामिक पाठशालामा आगलागी

रिम्बिक- रिम्बिक लोधोमा समष्टि अधीनस्थ रहेको बीच गाउँ प्रथामिक पाठशालामा आज आगलागी हुँदा पाठशाला पूर्ण रूपमा जलेर खरानी भएको छ। आज दिउँसो बीच गाउँ प्रथामिक पाठशालामा आगलागी हुँदा स्कुल जलेर भष्म भए तापनि हाल पाठशाला विदा भएकोले गर्दा कुनै ठुलो दुर्घटना हुनबाट जोगियो। के कारणले गर्दा उक्त आगलागी भएको भन्नेबारे हालसम्म थाहा नलागेको साथै गाउँलेहरूले उक्त आगोलाई निभ्याउने कठोर प्रयास गरे तापनि पाठशाला जलेर खरानी भएको बताइएको छ। आगलागीको खबर पाएर लोधोमा थानाका पुलिस प्रशासन घटना स्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *