रिम्बिक क्षेत्रबाट 30 परिवार हाम्रो पार्टी-मा सामेल

रिम्बिक लोधोमा : रिम्बिक ग्राम पञ्चायत अन्तर्गत बुथ नम्बर 23/7 गुम्बा डाँडा, लोअर तुबुन क्षेत्रबाट 30 परिवारले समाए हाम्रो पार्टीको झण्डा। समष्टि सभापति तेञ्जिङ छोम्बे शेर्पाको अध्यक्षतामा सम्पन्न भएको सभामा गुम्बा डाँडा र तुबुन क्षेत्रको 30 परिवारले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको सोंचलाई मन पराएर हाम्रो पार्टीमा सामेल भए। सभामा समष्टि सचिव बुद्ध लक्सम, केन्द्रीय समिति सदस्य तत्व प्रधानले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको समाजिक कार्य तथा तिनको सोंचहरू बारे उपस्थित भीडलाई जानकारी गराउँदै हाम्रो पार्टीको भिजन र अध्यक्ष अजय एडवार्डसको सोंचलाई घर-घरमा पुराउने संकल्प गरेको बताए। सभामा चाँडै बुथ 23/7 मा हाम्रो पार्टीको पुनः सभा गरेर कमिटी गठन गर्ने निर्णय पनि लिएको बताइएको छ। सभामा नयाँ सदस्यहरूलाई हाम्रो पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *