रिम्बीक लोधोमा समष्टिको 17 परिवार गोजमुमोमा सामेल

दार्जिलिङ: दार्जिलिङको रिम्बीक लोधोमा समष्टि अन्तर्गत लोधोमा ग्राम पञ्चायत 2 दिल्पा गाउँमा गोर्खा जनमुक्ति मोर्चाको समष्टि सभापति नोर्देन शेर्पाको सभापतित्वमा एक सभाको आयोजना गरियो। सभा सम्पन्न हुन अघि गोर्खाल्याण्ड क्षेत्रिय प्रसाशनको सिंचाई विभागको तर्फबाट लगभग २८ लाखको लागतमा यस क्षेत्रको निम्ति खाने पानीको कार्यको विधिवत् उद्घाटन गरियो। यस कार्यक्रममा मोठ 17 घर परिवारले गोरामुमो त्यागेर गोजममुमो विनय पन्थीलाई समर्थन जनाए।


तिनीहरूलाई आफ्नो पात्टीमा स्वागत जनाउँदै समष्टि सभापति नोर्देन शेर्पा र महासचिव मिलन प्रधानले पार्टीको झण्डा प्रदान गरे। पहाड़मा विधानसभा अनि लेकसभा दुवै जीत हासिल गरेर पनि वरको सिन्का पर नसार्ने पार्टीमा बसेर गाउँ बिकास र जातिको उन्नति नहुने कुरा बुझेपछि नै आफ्नो पार्टी गोरामुमो त्यागेर गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा)-लाई समर्थन गरेको ती 17 घरका सदस्यहरुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *