रिम्बिक-लोधोमा जनमुक्ति मालिक चालक संगठन गठन

रिम्बिक: गोर्खा जनमुक्ति मोर्चा, रिम्बिक-लोधोमा समष्टि सभापति नोर्देन शेर्पाको सभापतित्वमा जनमुक्ति मालिक चालक संगठन गठन गरियो। यसबारे संगठनका नव निर्वाचित सचिव फिन्जु शेर्पाले जानकारी दिँदै मालिक चालक सदस्य गरेर मोठ 56 जना सदस्यहरू उक्त सभामा उपस्थित थिए। संगठनको ब्याङ्क खाता चाँड़ै खोल्ने अनि कोषको रूपमा पार्टीले 50 हजार त्यस खातामा जम्मा गरिदिने भएको तिनले जानकारी दिएका छन्। यसको साथै आजको नव गठित संगठनले रिम्बिक मिलन बस्ती निवासी चालक मदन थामी सिकिस्त बिरामी अवस्थामा रहेकोले गर्दा तिनलाई संगठनको तर्फबाट 10 हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिने आजको सभामा निर्णय लिएको शेर्पाले बताए।


नवगठित जनमुक्ति मालिक चालक संगठनका पदाधिकारहरूमा सभापति पहलमान राई, उपसभापति  किरण बीके र सुजन राई, सचिव फिन्जु शेर्पा, सहसचिव विनय प्रधान र सामेल गुरुङ, कोषाध्यक्ष प्रभु प्रधान लगायत प्रमुख सल्लाहकारहरूमा छबिलाल प्रधान, निमा शेर्पा, बालचन्द प्रधान, नौलन शेर्पा, संजय गुप्ता, छिरिङ शेर्पा, फुर्बा शेर्पा, जहरमान काम्बाङ, साङ्गे शेर्पा, दिवस गुरुङ आदि सामेल रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *