रिम्बिक लोधोमाको फेन्चेटारदेखि पिपली डाँडा जाने सडकको शिलान्यास

रिम्बिक: जीटीएको पहलमा रिम्बिक लोधोमा समष्टि अधीनस्थ फेन्चेटार मुख्य सडकबाट लिम्बु गाउँ हुदै पिप्लीडाँडासम्म जोड्ने 2.5 किलोमिटर सडकको आज शिलान्यास गरियो। यस अवसरमा जीटीए प्रतिनिधिको रूपमा गोजमुमो विनय खेमा रिम्बिक लोधोमा समष्टि सभापति नोर्देन शेर्पा प्रमुख रूपमा उपस्थित थिए भने तिनकै बाहुलीबाट विधिवत् रूपमा पुजा अर्चना गर्नको साथै सडकको शिलान्यास गरियो। क्षेत्रका विभिन्न दुर्गम गाउँहरूलाई जोड्ने उक्त सडक निर्माण गरिने भएकोमा गाउँलेहरूले जीटीएप्रति आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *