रिम्बिक लोधोमा समष्टिमा चुनावी बुथ सभा

रिम्बिक: अहिले घरि गोर्खा जनमुक्ति मोर्चा 2 रिम्बिक लोधोमा समष्टिको चुनावी सभाहरु दैनिक रूपमा चलिरहेको छ। यसै क्रममा आज रिम्बिक सार्वजनिक भवनमा बुथ संख्या 23/5 23/6 तथा 23/8 लाई लिएर संयुक्त रूपमा सभा सम्पन्न गरियो। हेमन्त कुमार प्रधानको सभापतित्वमा सम्पन्न सभामा प्रमुख वक्ताको रुपमा समष्टि सभापति नोर्देन शेर्पा थिए भने उनीवाहेक महासचिव मिलन प्रधान, देव मणि प्रधान, रोलाण्ड सुब्बा, टाँशी शेर्पा, प्रजल राई, सरिता राई, दावा शेर्पा लगायत तीनवटै बुथ स्तरीय प्रतिनिधिसँगै पार्टी कार्यकर्ताहरुको उपस्थिति थियो।


सभामा दलीय उम्मेदवार केशवराज पोख्रेललाई तीनैवाट बुथबाट भारी मतले जिताएर पठाउने सबैले प्रतिबद्धता जाहेर गरे भने आउँदो चुनाउमा भावनामा बहेर होइन, यथार्थमा सोचेर मत खसाल्ने समष्टि सभापति शेर्पाले अनुरोध गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *