रिम्बिक लोधोमा समष्टिको शिरीखोला डाँड़ा गाँउमा बिमल खेमाको सांगठनिक सभा

रिम्बिक: रिम्बिक लोधोमा समष्टि अन्तर्गत पर्ने शिरीखोला डाड़ाँ गाउँ शाखामा बिरेन्द्र चामलिङको सभापतित्वमा आज गोजमुमो बिमल खेमाको एउटा सागंठानिक सभा सम्पन्न भयो। उक्त सभामा महकुमा समिति सदस्य भक्त दिलपाली, समष्टि संयोजक मणि कुमार सुब्बा, शाखा संयोजकहरू  बाबुराम शर्माललितचन्द प्रधान, पूर्ण प्रकाश कोईराला, विनोद भट्टराई, रञ्जन सोताङ उपस्थित थिए। सभामा भक्त दिलपाली, मणि कुमार सुब्बा, उदयमणि प्रधान, पूर्ण प्रकाश कोईरालाले आ-आफ्नो वक्तव्य राखे। सभामा उपस्थित सम्पूर्ण सदस्यहरूले स्वेच्छाले यस पार्टीलाई हृदयदेखि नै समर्थन गरेको, विषम परिस्थितिहरूमा पनि अडिग रहेर यस पार्टीको निर्देश बमोजिमअनुसार कार्यहरू गरेको साथै गोजमुमो अध्यक्ष बिमल गुरूङलगायत विस्थापित भूमिगत कार्यकर्ताहरूको आगमनलाई धुमधामको साथमा स्वागत गर्ने निर्णय लिइयो। यसको साथै अध्यक्ष बिमल गुरूङ लगायत समष्टि शाखा प्रशाखाको नियम र निर्देशमा सांगठनिक क्रियाकलाप बढाएर पार्टी साथै अध्यक्ष गुरूङको हात दह्रिलो र संगठित बनाउने सभामा निर्णय लिइयो। समष्टि संयोजकको निर्देशमा आज डाड़ाँ गाउँबाट बिरेन चामलिङदिपेन राई, तुफान राई, शिरीखोलाबाट बाल कुमार छेत्री, फुरगेन्जु शेर्पा, मकरध्वज राई अनि कमलदीप राईलाई संयोजकको रूपमा चयन गरेर प्रशाखाको सांगठनिक कार्य भार सम्हालेको बताइएको छ। यसैगरी सागंठनिक क्रियाकलाप विस्तार गर्नको लागि राजाभीर क्षेत्रबाट सीपी राई र समिर राईलाई संयोजकको रूपमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *