रिम्बिक लोधोमा समष्टिको चुनावी सभा सम्पन्न

रिम्बिक: गोजमुमो विनय खेमा रिम्बिक लोधोमा समष्टि अन्तर्गत फेदीखोला प्रशाखामा चुनावी सभा सम्पन्न भयो। भूतपूर्व पञ्चायत सदस्य पेमालमु शेर्पाको सभापतित्वमा सम्पन्न सभामा फेदी प्रशाखा पुनर्गठन गरियो जसमा नोलन शेर्पालाई सभापति तथा विध्य शेर्पालाई प्रमुख सल्लाहकारको रूपमा चयन गरियो। सभामा प्रमुख वक्ताको रूपमा समष्टि सभापति नोर्देन शेर्पा उपस्थित थिए। समष्टि उपसभापति खन्जु शेर्पाले सञ्चालन गरेको सभामा २३/१३ बुथ लेबल चुनाउ कमिटीसँगै प्रशाखा स्तरीय कमिटीलाई चाँड़ै पुनर्गठन गरिनुपर्ने समष्टि महासचिव मिलन प्रधानले बताए। सभामा समष्टि उपसभापतिद्वय गंगा प्रसाद दहाल अनि टासी शेर्पा, समष्टि युवा मोर्चा सभापति बिजय चौहान, सचिव नविन राई, केन्द्रीय युवा मोर्चा सदस्य गणेश छेत्री आदिको प्रमुख उपस्थिति रहेको थियो l


Leave a Reply

Your email address will not be published. Required fields are marked *