रिम्बिक लोधोमा समष्टिको बाँसबोटेमा बिमल गुरूङ पन्थीको सभा

बिजनबारी : रिम्बिक लोधोमा समष्टि अन्तर्गत पर्ने बाँसबोटे सार्वजनिक भवनमा आज गोजमुमो विमलपन्थीको सांगठानिक सभा सम्पन्न भयो। मणि कुमार सुब्बा अनि अमन लिम्बुको अगुवाईमा सम्पन्न गरिएको उक्त सभामा धेरै संख्यामा समष्टिका युवाहरू उपस्थित थिए। उक्त सभामा गोजमुमो विनय खेमाका केही युवाहरू पनि सामेल थिए भने गोजमुमो नारी मोर्चा केन्द्रीय सदस्य शशी डोमा भुटिया प्रमुख रूपमा उपस्थित थिइन्।


तिनले विमल गुरुङद्वारा जारी गरिएको भिडियो सन्देश सार्वजनिक गर्दै युवाहरूलाई शान्ति शृङ्खला कायम राख्ने साथै विमल गुरुङलगायत हजारौँको संख्यामा विस्थापितहरूलाई पहाड फर्किने क्रममा भव्य रूपले स्वागत जनाउने आहवान गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *