रिम्बिक लोधोमा समष्टिको पहिरोग्रस्त मुसेपाखा क्षेत्रको गोजमुमो 1 टोलीद्वारा निरीक्षण

रिम्बिक: रिम्बिक लोधोमा समष्टिको डाँडा गाउँ मुसेपाखामा गत राति गएको भिषण पहिरो क्षेत्रको गोर्खा जनमुक्ति मोर्चा 1 का समष्टि प्रतिनिधि नरेन्द्र काम्बाङको टोलीले आज स्थलगत भ्रमण गऱ्यो। डाँडा गाउँ शाखा प्रतिनिधि अनि स्थानीयहरुले खबर दिएपछि नरेन्द्र काम्बाङ, भक्त खडका, मणिकुमार सुब्बा, युवराज मादेन, समीर राईको गोजमुमो निरीक्षण टोली घटना स्थलमा पुगेको थियो। नरेन्द्र काम्बाङले भिडियो मार्फत घटना स्थलबाटै यस ठाउँको अनि पिडितको पक्षमा चाँडो सरकार अनि सरोकारवाला विभागले कदम चालेको हुनु पर्ने बताए। काम्बाङले अझ भने, यो जग्गामा बिकासको भौतिक संरचनाहरु साथै नवनिर्मित सडकहरु विभागीय इञ्जिनियरिङ साथै ठेकादार पक्षबाट पनि सहि नभएको अनि क्षेत्रवासी ठगिएको बताउँदै आफुहरु राजनैतिक संगठनको मरियादा भित्र जहिले पनि जनताको सुख-दुखमा साथ हुनेछौ, जहाँ आफुहरुको खाँचो हुन्छ त्यहाँ हैसियत अनुसार सहयोग दिन पुग्नेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *